प्यूठान । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अहिले बनेको नयाँ समीकरण मिसन ०८४ सम्म लैजानुपर्ने बताउनुभएको छ । मुलुकलाई थप बिग्रन नदिन गठबन्धन भत्काएर नयाँ समीकरण बनाउनु परेको बताउनुभयो ।

शक्ति सन्तुलनमा एमाले कमजोर भएपनि मुलुकको भविष्यका लागि समीकरण बनाएर अघि बढेको बताउनुभयो । उहाँले नेकपा (एमाले) बिभिन्न चुनौतीको अबस्थामा पनि जनताको लोकप्रिय पार्टी बनेको बताउनुभयो । गठबन्धनको घेराबन्दीलाई तोडेर एमाले मुलुककै पहिलो पार्टी बनेको बताउनुभयो ।

पछिल्लो समय मुलुकलाई कमजोर बनाउने प्रवृत्ति हाबी बन्दै गएको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरता र सामाजिक अराजकता मार्फत जनतालाई निराश बनाउने काम भइरहेको बताउनुभयो । “समाजमा अराजक मानिसकोपछि भिड लाग्ने गरेको छ,” उहाँले भन्नुभयो, “यस्तो चिन्तनले देश बन्न सक्दछ?” जनतालाई राज्यसंग जोड्ने र सही बाटो देखाउने काम राजनीतिक दलले गर्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय