प्यूठान । नेकपा (एमाले) प्यूठानको नयाँ जिल्ला कमिटी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ। जिल्ला पार्टी कार्यालय बिजुवारमा मनोनयन दर्ता भैरहेको छ । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सर्वजनिक गरि प्रक्रिया अगाडि बढाएको हो ।
८९ सदस्यीय जिल्ला कमिटीमा दलित, युवा, भूगोल र सदस्यताको आधारमा पालिका कमिटीलाई सदस्य कोटा निर्धारण गरिएको छ । प्रत्येक पालिका कमिटीले सर्वसहमतको लागि अधिकतम प्रयास गरेका छन् ।
अध्यक्ष सहित पदाधिकारीका लागि समेत सर्वसहमतिको प्रयास जारिरहेको नेकपा एमाले स्रोतले जनाएको छ। जिल्ला भरका ६४ वडाका ५ सय ३९ प्रतिनिधि छनोट भएर मतदानमा सहभागी रहने छन् ।