
प्यूठान । नेकपा (एमाले) प्यूठानको अध्यक्ष सहित ३ जना पदाधिकारी चयन गर्न मतदान शुरु भएको छ । अध्यक्ष, उपाध्यक्ष र उप-सचिब चयन गर्न मतदान शुरु भएको हो ।
मतदानका लागि जिल्ला भरका ६४ वडा र जनबर्गीय संगठनबात ५ सय ३९ प्रतिनिधि छनोट भएर मतदानमा सहभागी भएका छन ।
अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । हालका वर्तमान अध्यष विजय विराज विष्ट, प्रदेश सदस्य मधुर शर्मा र पूर्व प्रदेश सदस्य अजय सिंहले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी उपाध्यक्ष पदका लागि पनि ३ जनाकै उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि माधव शर्मा, नेगन सिंह कवर र श्याम थापाले उम्मेदवारी दिनुभएको छ ।
उप–सचिव पदका लागि हिरामणी भण्डारी, बालाजु श्रेष्ठ र रामचन्द्र केसीको उम्मेदवारी परेको छ ।