प्यूठान । नेकपा (एमाले) प्यूठानको अध्यक्ष र उपाध्यक्ष चयन गर्न जारी मतदानमा हालसम्म ३७० मत खसेको छ । ५ सय ३९ प्रतिनिधिले मतदाता रहेका छन । बिहान ९ बजेदेखि मतदान चलिरहेको छ ।

अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । हालका वर्तमान अध्य्क्ष विजय विराज विष्ट, प्रदेश सदस्य मधुर शर्मा र पूर्व प्रदेश सदस्य अजय सिंहले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी उपाध्यक्षका लागि माधव शर्मा, नेगन सिंह कवरले उम्मेदवारी दिनुभएको छ । सचिब इन्द्रमणी पोख्रेल, उप–सचिव हिरामणी भण्डारी र उप-सचिब इश्वरा आचार्य निर्बिरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी ८९ सदस्यीय जिल्ला कमिटीमा सदस्यहरु निर्बिरोध निर्वाचित भइसकेका छन । दशौं अधिबेशनको आईतवार महासचिव शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय