प्यूठान । एकीकृत कृषि तथा पशुपन्छि बिकास कार्यालय प्यूठानले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । कार्यालयले जेठ २० र २१ गते पशु सेवा शाखा बिजुवारमा शिबिर संचालन गरेर ७५ वटा कुकुरको बन्ध्याकरण गरिएको हो ।

सामुदायिक कुकुरका कारण समस्या बढेपछि शिविर राखेर बन्ध्याकरण गरिएको बताइएको छ । योसँगै कुकुरलाई रेबिजविरुद्ध खोप पनि लगाइएको छ ।

सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिजको न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको पशु सेवा प्राबिधिक भरत गिरीले बताउनुभयो ।

शिविरमा खटिएको विज्ञसहितको टोलीले खलंगा, बाग्दुला, दम्ती, बिजुवार, जुम्रीमा रहेका कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा राखेर बन्ध्याकरणलगायत उपचार गरेपछि छाडिएको उहाँको भनाई छ ।

एकीकृत कृषि तथा पशुपन्छि बिकास कार्यालय प्यूठानको आयोजना, प्यूठान नगरपालिकाको समन्वय र पायोनिएर एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बुटवलको प्राबिधिक सहयोगमा शिबिर गरिएको कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आगामी दिनमा जिल्लाका बिभिन्न स्थानमा शिबिर गरिने समेत उहाँले जानकारी दिनुभयो ।

शिबिरमा डा.अभिनाश क्षेत्री, डा.गणेश पुन, डा.केशब लम्साल र डा.राम भरोस यादब सहितको टोलीले शल्यक्रिया गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय