महेश थापा
बाहाने । नौबहिनी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बिहीवार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाईएको बताउनुभयो । पालिकाले सर्वेक्षण गर्दा १ जनाले एउटा पनि खोप नलगाएको र २ जनाले पुरा मात्रा खोप नलगाएको भेटिएको थियो । उनिहरुलाई समेत खोपको दायरामा ल्याईएको उहाँले बताउनुभयो ।


पालिकाभर १५ महिनासम्मका ७२७ जना बालबालिका र
१६ देखी ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पुर्ण खोप पाएको शर्माले बताउनुभयो । उहाँका अनुसार २३ महिना भित्र दादुरा रुवेला विरुद्धको दोस्रो मात्रा खोप लगाएको हुनुपर्ने र सबै बालबालिकाले नियमित सबै खोप लगाएपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा हुने बताउनुभयो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा आमनागरिक सचेत हुनुपर्ने बताउनुभएको छ । सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सबै सरकारले स्वास्थ क्षेत्रमा लगानिको दायरा फराकिलो बनाउनुपर्ने उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे, कोल्ड चेन अधिकृत कौशल वैद्य, उपाध्यक्ष बिस्ना थापा, प्रमुख प्रशासकीय अधिकृत शिव पौडेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सबै वडा कार्यालय, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख शर्मा र सञ्चालन यशोदा वैद्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय