प्यूठान । माण्डवी गाउँपालिका वडा नम्वर ५ तिग्रामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । झिमरुक नदीबाट बालुवा लोड गरेर फर्किदै गरेको लु ४ त ९२९४ नम्वरको ट्याक्टरबाट खसेर सह–चालक २० वषीय सन्तोष नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

ऐरावती गाउँपालिका वडा नम्वर ४ छाप बस्ने नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय