प्यूठान । झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल सम्झौता तोकिएको मितिभन्दा ४ महिना अघि सम्पन्न भयो । आशु÷जानकी÷बजरंगी जे.भी.ले पुल निर्माण गर्न २०८० असार १७ गते सम्झौता गरि काम अघि बढाएको थियो । २० मिटर लम्बाई र १० मिटर चौढाइ रहेको पुल निर्माण सम्पन्न गर्न २०८१ असार १७ गतेसम्म रहेको थियो । तर कम्पनीले ४ महिना अघि नै पुल निर्माण सम्पन्न गरेको हो ।

“फागुनमै सम्पन्न भएर गाडी गुडेको थियो,” निर्माण व्यवसायी बालाजु श्रेष्ठले भन्नुभयो,“समयभन्दा चार महिना पहिले नै सकियो ।” निर्माण कार्य सम्पन्न भएपनि रकम भुक्तानी नपाएको श्रेष्ठले बताउनुभयो ।

सडक पूर्वाधार विकास कार्यालय मार्फत उक्त पुल निर्माण भएको हो । ४ करोड ७९ लाख १५ हजार ९४३ रुपियाँमा ठेक्का सम्झौता भएको कार्यालय प्रमुख चन्द्र बहादुर शाहले बताउनुभयो । कार्यालयमा बजेट नहुँदा भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । तोकिएको मितिभन्दा पहिले निर्माण कार्य सक्ने कम्पनीलाई कार्यालयले सम्मान गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

अरु योजना पनि समयभन्दा पहिले
जिल्लामा वर्षौदेखी अलपत्र परेका योजनाहरु थुप्रै छन । तर आँशु निर्माण सेवाले काम गरेका योजनाहरु समयमै र तोकिएको मिति भन्दा पहिले निर्माण गर्ने गरेको छ । निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठको कम्पनीले गोब्दीको पक्की पुल मात्र होइन भवन र सिंचाई कुलो समेत तोकिएको समयभन्दा पहिले सम्पन्न गरेको उदाहरण छन् ।

मल्लरानी गाउँपालिकाको रस्पुरकोटमा १ वर्ष पहिले नै बिकासे सिंचाई कुलो निर्माण सम्पन्न भएको थियो । झिमरुक गाउँपालिकाको तुषारामा डेढ वर्ष पहिले काउले सिंचाई कुलो निर्माण गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।
प्यूठान नगरपालिकामा नौकुलो सिंचाई योजना डेढ वर्ष अघि नै सम्पन्न भएको थियो । उक्त काम जलस्रोत तथा सिंचाई डिभिजन मार्फत भएको श्रेष्ठले जानकारी दिनुभयो ।

सरुमारानी गाउँपालिकाको बांगेशाल स्वास्थ्य चौकी ६ महिना अघि निर्माण सम्पन्न गरेर सरकारबाट बोनस समेत प्राप्त गरेको श्रेष्ठ बताउनुहुन्छ । “बांगेशाल स्वास्थ्य चौकी बनाउँदा ११ लाख रुपियाँ बोनस प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “अरु योजनाबाट बोनस पाएको छैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय