प्यूठान । सरुमारानी गाउँपालिकाले पालिका भित्रका अपांगता भएका ब्यक्ति, उनीहरूको परिवार र सरोकारवालालाई बडडाडामा अपांगता भएका ब्यक्ति लागि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।
पालिकाका सबै वडाको सहभागितामा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम गरिएको महिला बालबालिका शाखा प्रमुख साधना सिंह ठकुरीले जानकारी दिनुभयो । अपांगता सम्बन्धि सवालमा चेतना जागरण गराई उनिहरुलाई शसक्तीकरण गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा एकसय भन्दा बढीको सहभागिता रहेको उहाँले बताउनुभयो ।
दुइदिन सम्म चलेको तालिममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा अपांगता अधिकारकर्मी जुमान सिंह के.सी.ले अपांगता अधिकार सवालमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन-२०७४, अपांगता परिचयपत्र , कानुनी अधिकार, सेवा सुबिधा र सहुलियत, संजालको काम कर्तव्य र भुमिका लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का ले अपांगता भएका ब्यक्तिको अधिकार तथा बिकासका लागि गाउँपालिका संबेदनशिल रहेको भन्दै आफ्ना समस्याहरु पालिकामा राख्न आग्रह गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापाले मनोसामाजिक समस्या र मानसिक समस्याको कारण अपांगता हुन सक्ने भन्दै न्यूनीकरणका लागि अभियान आवस्यक रहेको उल्लेख गर्नुभयो ।
सरुमारानी गाउँपालिका प्रवक्ता चिन्ता बहादुर सोमैमगरले समापन कार्यक्रममा बोल्दै पालिका स्तरीय संजालहरुको क्षमता बिकास गरि संजाललाई सकृय गराउन आवस्यक रहेको भन्दै गाउँपालिका अपांगता भएका ब्यक्तिको समग्र कार्यमा साथमा रहेको उल्लेख गर्नुभयो ।
अपांगता संजाल पुनर्गठन
गाउँपालिका स्तरीय अपांगता संजाल पुनर्गठन गरिएको छ । दुईदिने अभिमुखीकरण कार्यक्रमकै अवसरमा खोपीराम ठेडिमगरको अध्यक्षतामा ११ सदस्य समिति सर्वसम्मत चयन गरिएको छ ।
जसको उपाध्यक्ष थम्मन सिंह मर्साङी, सचीव रमा बकबाल, कोषाध्यक्ष बुधु कुमारी सोमैमगर रहनु भएको छ। भने तीन सल्लाहकार समिति समेत निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।