प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका-६, चिसावाङ र वडा नम्बर ७ को रातटारी जोड्ने चिसावाङ-राट्टारी झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।

पुल शिलान्यासको अवसरमा बोल्दै उपाध्यक्ष पोख्रेलले दुई वडाका गाउँका बस्तीलाई जोड्ने पुल निर्माण सकिएपछि यहाँका नागरिकहरूलाई आउजाउना सहज हुने बताउनुभयो । नागरिकलाइ आवतजातमा निकै समस्या हुने गरेका कारण झोलुङ्गे पुल बनाउन पालिकाले पहल गरि काम अघि बढाएको पोख्रेलले बताउनुभयो। १७ वर्ष पहिले देखि कार्यान्वयनमा आउन नसकेको पुल यसपटक बन्ने भएकोले जनताको सपना पुरा भएको बताउनुभयो ।

वर्षा लागेपछि झिमरुक-६, चिसावाङमा रहेको चिरायु माबिमा अध्ययन गर्न जाने बालबालिकालाई समेत विद्यालय आउजाउ गर्न समस्या रहेकोले पुल निर्माण पछी त्यो समस्या हटेर जाने उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

उपभोक्ता समितिलाई समयमा योजनाको निर्माण कार्य सम्पन्न गर्न स्थानीय बुद्धिजीवी इन्द्रमणी पोख्रेलले सुझाव दिनुभयो । स्थानीय जनताले योजनामा जनश्रमदानको कामलाई प्राथमिकता दिएर निर्माणको काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयले अपनत्व लिने गरि काम गरेमा योजनालाई लामो समय टिकाइराख्न सहज हुने उहाँले बताउनुभयो । जग्गा विवाद र अन्य कारणले पटक-पटक बजेट समेत फ्रिज हुँदै आएकोमा अहिले काम सुरु हुनु स्थानीय जनताको लागि सुखद भएको बताउनुभयो ।

झोलुङ्गे पुल ८४ मिटर लम्बाईको डि टाइपमा निर्माण हुने मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्यूठानका इन्जिनियर रमेश कुमार शर्माले जानकारी दिनुभयो । पुलको निर्माण कार्य सम्पन्न गर्न लागि संघिय सरकारबाट ८५ प्रतिशत, पालिकाले १३ प्रतिशत र उपभोक्ता समितिको २ प्रतिशत रकम साझेदारी गर्नुपर्ने बताउनुभयो । पुल निर्माण भएपछि दुई वडाका करिब १ सय ५१ घरधुरीका ७ सय ८४ जना नागरिक प्रत्यक्ष लाभान्वित हुने उहाँले जानकारी दिनुभयो ।

मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्यूठानको प्राबिधिक तथा सामाजिक सहजीकरण र झिमरुक गाउँपालिकाको समन्वयमा झोलुङ्गे पुल निर्माण कार्य थालनी गरिएको छ ।
कुल ५६ लाख ८५ हजार ३ सय ३३ रुपैया ४५ पैसाको कुल लागतमा बन्न लागेको पुल २०८० साल फागुन १३ गते उपभोक्ता समिति मार्फत काम गर्ने गरि झिमरुक गाउँपालिकामा सम्झौता भएको थियो । पुलको निर्माण कार्य २०८१ असार १५ गतेसम्म सक्नु पर्ने लक्ष्य छ ।

तोकिएको समयमा काम सम्पन्न गर्न उपभोक्ता समिती लागि परेको उपभोक्ता समितिका सचिव उमानन्द पोख्रेलले जानकारी दिनुभयो । पुल नहुदा दुख पाएका स्थानीय पुल बन्ने भएपछि खुशी भएका छन ।

निर्माण समितिका अध्यक्ष भिम बहादुर कवरको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, योजना शाखाका शाखा प्रमुख सुकदेब रिजाल, भौतिक पुर्वाधार तथा भवन नियमन शाखा प्रमुख इन्जिनियर अशोक जिसी, मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्यूठान इन्जिनियर रमेश कुमार शर्मा, वडा नम्बर ६ र ७ का वडा अध्यक्षहरु धन बहादुर पुन र कृष्ण बहादुर जिसी, उपभोक्ता समितीका पदाधिकारी, स्थानीय बुद्धिजीवी कर्मचारी स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय