प्यूठान । सवारी नियम उल्लंघन कसुरको जरिवाना अव बैंक मार्फत तिर्नुपर्ने व्यवस्था लागु भएको छ । यसअघि चेकजाँज भएकै ठाउँमा प्रहरीले रसिद काटेर जरिवाना लिने गरेकोमा अबदेखी बैंक मार्फत जरिवना तिर्नुपर्ने नियम लागु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले असार १ गतेदेखि नियम लागु भइसकेको जानकारी दिनुभयो । नेपाल बैंक लिमिटेडमा रहेको बैंक खातामा रकम बुझाएपछि उक्त प्रमाणको आधारमा कागजात लिनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अलनाईन माध्यमबाट समेत जरिवना रकम तिर्न सकिनेछ ।