महेश थापा
बाहाने । नौबहिनी गाउँपालिका-६ बाहाने बजारमा अनुगमन गरिएको छ । अनुगमनमा म्याद गुज्रिएको बिभिन्न खाद्य बस्तु तथा पेय पदार्थ फेला परेको छ ।

अनुगमन टोलीले दर्ता नगरेका व्यबसायलाई तत्काल करको दायरामा आउन अनुराेध गरेको छ । जिल्ला प्रशासन कार्यलयका प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुषालले नागरिकको खाद्य सुरक्षालाई मध्य नजर राखेर सांकेतिक अनुगमन गरिएको बताउनुभयो । उहाँले समग्र जिल्लालाई मध्य नजर राख्नु पर्ने बाध्यता भएकाले प्रत्येक पसल अनुगमन गर्न नसकिएको बताउदै स्थानीय सरकारले प्रत्येक पसलको अनुगमन गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव पौडेलले वडा स्तरमै पुगेर अनुगमन गरेको बताउनुभयो । उहाँले ब्यबसायीले उपभोक्ता हितलाई ध्यान दिएर ब्यबसाय संचालन गर्नुपर्ने बताउनुभयो ।

म्याद गुज्रिएको सामाग्री नष्ट गरिएको हाे । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी कार्यालय बाहाने, नौबहिनी गाउँपालिका, नौबहिनी बजार क्षेत्र, सञ्चारकर्मी लगायतको उपस्थितिमा बजार अनुगमन भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय