
प्यूठान । राष्ट्रिय जनमोर्चाले गौमुखी गाउँपालिकामा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चा गौमुखी गाउँ कमिटीले २० बुँदे ज्ञापन पत्र बुझाएको हो ।
कार्यवाहक अध्यक्ष वीर बहादुर के.सी.ले गाउँपालिका उपाध्यक्ष महाबीर रानालाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रका बुँदा यसप्रकार छ ।
१- वार्डहरुलाई दिएको वजेट सिलिङ बढाउनुपर्ने। वार्डको वजेट निर्धारण गर्दा जनसंख्या र भूगोलको आधारमा निर्धारण गर्नुपर्ने ।
२- कृषिक्षेत्रको उत्पादन वृद्धि र बजारीकरण गर्नुपर्ने ।
३- कृषि र पशु प्रविधिक जनशक्तिलाई सम्वन्धीत क्षेत्रमा परिचालन गर्नुपर्ने ।
४- कृषि एम्बुलेन्स र सरकारी सवारी साधनको समुचित प्रयोग गर्नुपर्ने ।
५- निर्माणाधीन सिचाईकुलोहरु सम्पन्न गर्नुको साथै थप सिँचाइको व्यवस्था गर्नुपर्ने ।
६- कृषि क्षेत्रको यान्त्रिकीकरण र व्यवसायिककरण गर्नुपर्ने ।
७- फलफूल तथा नगदेबाली विस्तार गर्नुपर्ने ।
८- विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि र शिक्षा शाखाको सबलीकरणमा जोड ।
९- बढ्दो चालू खर्च घटाई विकास बजेट वृद्धि गर्नुपर्ने ।
१०- खरिद प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाइनु पर्ने ।
११- गाउँपालिकाको नौ करोड भन्दा बढी बेरुजु रकम फर्छ्यौट गर्नुपर्ने ।
१२- गाउँपालिकाद्वारा पूर्व घोषित प्राविधिक उच्चशिक्षा अध्ययन गर्ने बिद्यार्थीहरूलाई छात्रवृत्ती कार्यान्वयन गर्नुपर्ने ।
१३- एक घर एक खानेपानी धाराकाे नीतिको कार्यान्वयन गर्नुपर्ने।
१४- गौंथले, नरिकोट, बुक्तीचौर, पासबाङ, निन्युरुख लगायतका अधूरा खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने ।
१५- गौमुखी, नाङ्गी लगायतका पर्यटकिय क्षेत्रको समुचित बिकास ।
१६- निर्माणाधीन संरचना / पूर्वाधारको गुणस्तरमा उचित ध्यान दिनुपर्ने ।
१७- जनतालाई स्तरिय स्वास्थ्यसेवा प्रदान गर्न एमबिबिएस डाक्टरको सिघ्र व्यवस्था गर्नुपर्ने ।
१८- नियमित सार्वजिक सुनुवाई र सुशासन कायम गर्नुपर्ने ।
२०- सार्वजनिक सवारी साधनको भाडादर चर्को भएकोमा स्वीकृत भाडादर लागू गर्नु पर्ने ।