प्यूठान । झिमरुक गाउँपालिका वडा नम्बर ६, तोरवाङ नेटामा खानेपानी उपभोक्ता समितिलाई खानेपानीको दिगो ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

झिमरुक गाउँपालिका खानेपानी तथा सरसफाइ शाखाको आयोजनामा वडाका खानेपानी उपभोक्ता समितिका पदाधिकारी तथा सरोकारवाला नागरिकहरुलाई खानेपानी योजनालाई दिगो र उपभोक्ता प्रती अपनत्व जागरिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा बाेल्दै वडा अध्यक्ष धन बहादुर पुनले ग्रामीण बस्तिमा स्वस्थ खानेपानीको पहुँच बिस्तारमा स्थानीय तह लागिपरेको बताउनुभयो । वडामा निर्माण गरिएका खानेपानी तथा अन्य भौतिक पुर्वाधारका योजनाको दिगोपनाको लागि नियमित मर्मत संभार सँगसँगै स्वास्थ्य सरसफाइका क्रियाकलापमा जनता स्वत स्फूर्त रुपमा जागरुक हुनुपर्ने बताउनुभयो ।

उपभोक्ता मार्फत गरिने धेरै योजनामा अहिले पनि जनश्रमदानलाई पुर्णतया कार्यान्वयनमा उपभोक्ताले चासो नदिनाले योजनाको समस्या रहेको वास फोकल पर्सन सित्तल आचार्यले बताउनुभयो । जनताले गर्ने न्युनतम १० प्रतिशत जनश्रममा जनताको सहभागिताको वृद्धि गर्न सबै सरोकारवाला एकजुट भएर कार्यान्वयनमा जुट्न सकेमात्र दिगो बिकास लक्षलाई पहिल्याउन सकिने उहाँको भनाई छ ।

वडाका उपभोक्ता समितिका पदाधिकारी तथा सरोकारवाला नागरिक गरि ४६ जनाको सहभागीता रहेको कार्यक्रममा गाउँपालिकाका वास फोकल पर्सन सित्तल आचार्य र प्राविधिक बासुदेब गिरीले सहजीकरण गर्नुभएको थियो ।

खानेपानी सुरक्षा योजना लागू गर्ने, पानीको गुणस्तर परिक्षा गर्ने, खानेपानीको मुहान देखि मुखसम्म सुरक्षित खानेपानीको प्रयोग कसरी गराउने लगायत बिषयबस्नुमा सहजीकरण गरिएको थियो । कार्यक्रममा सहभागीले योजना कार्यान्वयन चरणमा आफुलाई परेको समस्या तथा उपाएको बिषयमा कुरा राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय