
मुग। मुगुको सोरु गाँउपालिकाको सोरुकोटबाट सदरमुकाम गमगढी तर्फ आउदै गरेको जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन।
शुक्रबार विहान सोरुकोटबाट गमगढीका लागी छुटेको लु १ ज ४८१० नम्बरको जिप विहान ८ बजे सोरुगाँउपालिका- ८ कच्चेमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि जिपमा सवार चालक सहित ८ जना घाईते भएको छन् । घाईते मध्य चालकको टाउकोमा चोट लागेकाले गम्भिर अवस्था रहेको र अन्य ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको छ । गाडी चालक साेरु गाउँपालिका-११ बस्ने वर्ष १९ का धन कर्ण मल्ल गम्भीर घाइते भएकोले जिल्लाबाट थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । अन्यको घाईतेहरुलाई जिल्ला अस्पताल मुगुमा उपचार भईरहेकाे जनाएको छ। दुर्घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट उत्तर दक्षिण तर्फ करिब १९ किलोमिटर सडक दुरीमा रहेको छ ।
त्यस्तै सामान्य घाइते हुनेमाना साेरु गाउँपालिका-५, बस्ने वर्ष १४ कि आशा शाही, सोही वडाकी १५ वर्षीय बसन्ति शाही, ४९ वर्षीय प्रेम बहादुर मल्ल, ८ वर्षीय एडमिन शाही, १३ वर्षीय बिबस शाही र वडा २, का १० वर्षीय लक्ष्मण शाही दुर्घटना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।