
महेश थापा
बाहाने । किटजन्य रोग नियन्त्रणका लागि नौबहिनी गाउँपालिकाले बहु निकाय अन्र्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । किटजन्य रोग औलो, कालाजार र डेंगु नियन्त्रणका लागि गाउँपालिकाले आज कार्यक्रम गरेको हो ।
डेंगु, कालाजार, औलो रोग फैलिने समय शुरु भएकाले त्यस सम्वन्धि जानकारी दिन र नियन्त्रणका लागि कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख रिसिराम शर्माले बताउनुभयो । कार्यक्रमसँगै सहभागीले बाहाने बजारमा पानी जम्ने खाल्डाखुल्डी, टायर तफा फोहोरमैला हटाएर सरसफाई गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, व्यवसायी, स्थानीय समाजसेवी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।