
सरद बिष्ट
भिंगृ । माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा प्यूठानको भिंगृ जलुकेमा अबस्थित लोक चेतना एकेडेमी स्कुलका छात्र अच्युत पुडासैनी प्यूठानमा जिल्ला प्रथम हुनुभएको छ । एसइइ–२०८० मा सहभागी भएका बिद्यार्थीमा पुडासैनीले ३ंं.९५ जिपिए लिएर जिल्लामा प्रथम हुनुभएको हो ।
कोरोना सङ्क्रमणको नतिजा बाहेक उक्त बिद्यालयको लागि अहिलेसम्मको सबैभन्दा धेरै जिपिए हो । जुन अच्युतले रेकर्ड राख्न सफल हुनुभएको छ । लगनशील, परिश्रमी, तथा मेहेनती अच्युत पढाईमा अब्बल बिद्यार्थी रहेको विद्यालयले जनाएको छ । बुबा बलदेब शर्मा र आमा उषा रिजालको कोखबाट बि.स. २०६४ पौष २७ गते जन्मिनुभएको हो । बुबा पेशाले लोक चेतना एकेडेमी जलुके, प्यूठानमा कार्यरत शिक्षक हुनुहुन्छ भने आमा स्वर्गद्धारी कृषि तथा पशु बिकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता साझेदारी बिकास परियोजना कार्यक्रमको सामुदायिक सहजकर्ता हुनुहुन्छ ।
लोक चेतना एकेडेमीको नर्सरी कक्षादेखि पढ्दै आउनुभएका पुडासैनी कक्षा नर्सरीदेखि नै प्रथम हुँदै आउनभएको छ । स्वर्गद्धारी नगरपालिका अन्र्तगत नगरस्तरीय कक्षा–८ को बार्षिक परिक्षा–२०७८ मा नगर प्रथम हुनुभएको थियो । अच्युत बिद्यालयका गहना भएको प्रधानाध्यापक मधसुदन अधिकारी बताउनुहुन्छ ।
शैक्षिक सत्र–२०८० को एसईई परीक्षामा प्यूठानवाट ३ हजार ९ सय ७६ बिद्यार्थी सहभागी भएकामा जिल्लाभरमा साधारण धारतर्फका ३० जना र प्राविधिक धारतर्फ ४ जना गरी ३४ जना विद्यार्थीले ए पलस जिपिए प्राप्त गरेका छन् । यो बर्षको एसईई परीक्षामा प्यूठानबाट २ हजार १ सय ३९ जना छात्रा र १ हजार ८ सय ३७ जना छात्र गरी ३ हजार ९ सय ७६ जना बिद्यार्थीहरुले एसईई परीक्षा दिएका थिए । त्यसैगरी लोक चेतना एकेडेमीका छात्र अच्युत पुडासैनी जि.पि.ए. ३.९५ लिएर जिल्ला प्रथम भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका दुर्गा बहादुर खड्काले जानकारी दिनुभयो ।
पुडासैनी पढाईमा मात्र नभएर बिभिन्न भाषण कला, सांगीतिक क्षेत्रमा पनि रुचि राख्ने, अतिरिक्त कृयाकलापमा पनि कृयाशिल, जेहेन्दार र निकै मेहेनती बिधार्थीको रुपमा आफूले बुझेको बिद्यालयका शिक्षक बताउँछन् । पुडासैनीले सामाजिक बिषयको सैद्धान्तिकमा ४ जिपिए ल्याउनुभएको छ । बिज्ञान शिक्षक रमेश पार्धेले अच्युतको मेहेनत खेर नगएको बताउनुहुन्छ । आफ्नो सहयोग र बाबुको मेहेनतले विज्ञान विषयमा पनि सैद्धान्तिक बिषयमा ४ जि.पि.ए. ल्याउन सफल भएको बताउनुभयो ।
एस.ई.ई.को परीक्षा सके लगतै काठमाण्डौंमा रहनुभएका पुडासैनी ११ कक्षाको इन्ट्रास परीक्षाको तयारीमा रहनुभएको छ । भबिष्यमा इन्जिनियर बन्ने उदेश्य रहेको पुडासैनीले बताउनुभयो । परिवार र विद्यालयको सहयोगले आफूले राम्रो अंक प्राप्त गर्न सफल भएको उहाँको भनाई छ ।