प्यूठान । एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-३६ प्यूठानको २२ औं वार्षिक साधारणसभा तथा अधिबेशन सप्पन्न भएको छ ।
साधारणशभाको अवसरमा समुहले मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका
प्रमुख धरम बहादुर जिसीले जिल्लामा मानवअधिकारका घटना कम नै रहेको उल्लेख गर्दै मानवअधिकार सम्बन्धि कार्यक्रम स्थानीय तहमा, समुदायमा सन्चालन गर्नु आवस्यक रहेको बताउनुभयो ।

जिल्ला न्यायाधीस पुनाराम खनालले सम्मान पुर्वक बाच्न पाउनु, खान पाउनु, शिक्षा, स्वास्थ्य अधिकार समग्र मानवअधिकार भएको भन्दै नागरिक समाजले मानवअधिकार संरक्षणका लागि काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आर्यालले मानव अधिकार हननका घटनामा कानुनले तोकेको दण्डमा कुनै कसुर नराखिएको बताउनुभयो । सबैलाई समान अधिकार हुन्छ र मानव अधिकार हनन गर्न मिल्दैन राज्यको कानुनले सबैलाई एकै नजरले हेरेको उल्लेख गर्नुभयो । देश भरमा मानव अधिकारका घटना समग्रमा कमि आएको समेत बताउनुभयो ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले अझैपनि मानवअधिकारका घटना समाजमा अझै रहेको उल्लेख गर्नुभयो।
उहाँले कसैको अधिकार हनन गर्नु, उलंघन गर्नु ठिक नहुने भन्दै सामाजिक अभियान निरन्तर चलाउदै जानूपर्ने बताउनुभयो ।

कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख कर्ण बहादुर बुढाथोकी, एम्नेस्टीका केन्द्रिय प्रतिनिधि पार्वता आचार्य, नेपाल रेडक्रस सोसाइटी प्यूठानका सभापति गुमानराज पुलामी, मानव अधिकार संगठनका अध्यक्ष मेघराज भट्ट, एम्नेस्टी प्यूठानका
पुर्व संयोजक झबिन्द्र शर्मा र पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजालले मन्तव्य राख्नुभएको थियो ।

एम्नेस्टी इन्टरनेसनल नेपाल समुह – ३६ प्युठानको आयोजना तथा मल्लरानी गाउँपालिका संगको सहकार्यमा जिल्लाका सरोकारवाला निकायका बीच मानव अधिकारका सवालमा कार्यक्रम गरिएको एम्नेस्टीकका संयोजक कल्पना खड्काले बताउनुभयो । अन्तरकृया कार्यक्रममा लोकेन्द्र सुनारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सस्थाले गरेका गतिविधि सहितको प्रगति प्रतिबेदन एम्नेस्टी समुह-३६ का कोषाध्यक्ष राधिका खड्काले प्रस्तुत गर्नुभएको थियो ।

नयाँ कार्य-समिति निर्वाचित
अधिबेशनले सर्वसम्मत रुपमा शिवराज श्रेष्ठलाई संयोजकमा चयन गरेको छ । त्यस्तै सह-संयोजकमा सुजल श्रेष्ठ, सचिवमा लोकेन्द्र सुनार, सह-सचिवमा रधिका खड्का, कोषाध्यक्षमा राधिका पन्थी र सदस्यमा लक्ष्मण श्रेष्ठ, तिला बुढाथोकी, रामचन्द्र के.सी. र कमला शाही निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य जुमान सिंह केसीले जानकारी दिनुभयो । निर्वाचित समितिलाई निर्वाचन मन्डलका संयोजक अधिवक्ता माधवा सुबेदीले बधाई सहित अबिर लगाउनु भएको थियो । कार्यक्रममा पुर्व जिल्ला संयोजकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय