प्यूठान । किशोरी समुहको नेतृत्वमा प्यूठान नगरपालिकाको मरन्ठानामा सचेतनामुलक अभियान गरिएको छ । प्यूठान नगरपालिका ९ र १० का किशोरि समुहको नेतृत्वमा किशोर किशोरी प्रजनन स्वास्थ सम्बन्धि सचेतना मुलक अभियान गरिएको हो ।

बाल बिद्या माध्यमिक विद्यालय मजुवा मरन्ठानामा र्याली सहित किशोरकिशोरीको सवालमा विभिन्न प्रकारका सचेतना मुलक गीत, नृत्य, सडक नाटक, बक्तृत्वकला, कबिता र अन्तरक्रिया गरिएको थियोे । बाल बिबाह न्यूनीकरण, लागु पदार्थ दुर्ब्यसनी विरुद्ध सन्देश दिईएको थियो ।

 

कार्यक्रममा वडा नम्बर ९ र १० का वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाविका, युवा, प्रहरी, आमा समुहका सदस्य लगायतको उपस्थिति थियो ।

युएसएआईडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत ९ र १० मा बिभिन्न किशोर समुह, किशोरी समुह, आमा समुह, बुवा समुह, बिबाहित युवति समुह गठन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय