
प्युठान । पहिरोका कारण प्युठान-भालुवाङ सडकको गनाह चकचके सडक खण्डको गर्जेनीमा माथिबाट ढुङ्गा सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बुधबार गनाह चकचके सडक खण्ड स्थित गर्जेनीमा ढुङ्गासहितको पहिरो र देवीस्थान पेट्रोल पम्प नजिकै सडक माथिबाट लेदो सहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
प्युठान-भालुवाङ सडकको गर्जेनीभिरमा सडक माथिबाट ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ। सोही सडकमा पर्ने देवीस्थान पेट्रोल पम्प नजिकै सडक माथिबाट लेदो सहित आएको पहोरोले प्युठान-रोल्पा-भालुवाङ सडकको पुर्णरुपमा आवागमन रोकिएको सडक डिभिजन कार्यालय जस्पुरले जनाएको छ ।
बेलुका अबेरसम्म सडक डिभिजन कार्यालयका प्राबिधिक टोलिले उक्त सडकमा उपकरणहरु परिचालन गरि सडक खुलाउने पर्यास गरेपनी माथिबाट ठुला ढुङ्गा सहितको पहिरो झरिरहेकोले अवरुद्ध सडक खुलाउन समस्या भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ। आज पहिरो पन्छाउन सम्भव नभएपछि भोलि बिहानैदेखि विभिन्न उपकरण प्रयोग गरेर पहिरो पन्छाउने कार्य हुने जानकारी दिएको छ ।
हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान गर्जेनीभिर भएकोले यसको पटकपटक दीर्घकालीन रुपमा समस्या समाधान गर्नुपर्ने आवज उठेपनी अझैसम्म समस्या समाधान हुन सकेको छैन । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले आयोजना सञ्चालन गरेको भए पनि पर्याप्त बजेट अभावमा काम पूरा नहुँदा सास्ती भएको छ ।
आज गन्तव्यमा हिडेका लामोदुरी तथा छोटो दुरीको लागि छुटेका गाडीहरू सडक अवरुद्धको कारण गन्तव्यमा पुग्न नसक्दा फर्किएका छन । सडक अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेको यातायात व्यवसायीले जानकारी दिएका छन् । सडक मर्मत नभएसम्म यात्र नगर्न समेत डिभिजनले अनुरोध गरिएको छ ।
फोटो : सडक डिभिजन प्युठान ।