प्यूठान । प्यूठान नगरपालिका-१ दाखाक्वाडी बेलुवा स्थित बेलपत्रेश्वर महादेव मन्दिरको परिसरमा वृक्षारोपण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा मन्दिर परिसरमा बेलको बिरुवा लगाईएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, सोही मन्दिरका पुजारी केशवराज पण्डित, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव योगी, नेपाल श्रीमती संघकी सदस्य तुल्सा धामी लगायतको उपस्थितिमा बेल वृक्षारोपण गरिएको छ ।



S.K. Creative Media Group