रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री आचार्यसंगै अन्य ८ जना मन्त्रीले समेत सपथ लिएका छन् । विनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख शेरचनले उनीहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।

नेकपा एमालेको तर्फबाट रुपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्मा मन्त्री बन्नुभएको छ । यस्तै नेपाली काँग्रेसको तर्फबाट दाङका प्रचण्ड बिक्रम न्यौपाने, प्यूठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की मन्त्री बन्नुभएको छ ।

नेपाली काँङ्ग्रेसका सचेतक जन्मजय तिमिल्सिना मन्त्री बन्ने तय भएपनि अन्तिममा उहाँको नाम हटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय