प्यूठान । नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गत जिल्लाका विभिन्न स्थानमा प्रसारण लाइनबाट विद्युत अवरुद्ध हुने भएको छ । झिमरुक र गौमुखी गाउँपालिका विभिन्न स्थानको प्रसारण लाइनमा स्तरोन्नति एवम सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले पाँच दिनको लागि विद्युत अवरुद्ध हुने भएको हो ।

 

प्यूठान वितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गतको झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा सञ्चालित ३३ केभी प्रसारण लाइन स्तरोन्नति एवम् सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले झिमरुक र गौमुखी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जानकारी दिएको छ ।

 

प्यूठान वितरण केन्द्रको सूचना अनुसार साउन १० गतेदेखि २०८१ साउन १४ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय