प्यूठान । प्यूठानका संघीय सांसद सूर्य थापाले ऐरावती गाउँपालिका–६ बिजुली स्थित जनता माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ। बुधबार साउन ९ गते आफ्नो जन्मदिनको अवसर पारेर थापाले ‘रामबहादुर थापा गोपाल स्मृति छात्रवृत्ति’ अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

 

५० हजार राशिको अक्षयकोष स्थापना गरिने सांसद थापाले जानकारी दिनुभयो । उक्त अक्षयकोषबाट विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छ । प्रतिनिधिसभा सदस्यको हैसियतमा एक महिनाको पारिश्रमिकबाट पार्टीको लेबी र कर कट्टी गरी बचेको रकमबाट अक्षयकोष स्थापना गरिएको सांसद थापाले बताउनुभयो ।

 

रामबहादुर थापा (गोपाल)को नेकपा (एमाले) ले देशभर संचालन गरेको मिसन ग्रासरूट अभियानका क्रममा माण्डवी गाउँपालिका-५, स्थित आँपचौरमा सडक निर्माण गरिरहेको डोजरको बकेटले लागेर निधन भएको थियो । उहाँको मिसन ग्रासरूट अभियानको कार्यक्रमलाई सफल बनाउन सरुमारानी गाउँपालिका जाँदै गर्दा बाटोमा दुर्घटनामा परि मृत्यु भएको थियो ।

 

दुर्घटनामा परि मृत्यु भएका राम बहादुर थापा (गोपाल) ले पढेको विद्यालयमै अक्षयकोष स्थापना गरिएको हो । एमाले प्यूठानका जिल्ला कमिटी सदस्य समेत रहेका थापाको ५० वर्षको उमेरमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय