प्यूठान । नौबहिनी गाउँपालिका वडा नम्बर ५ डामृले आर्थिक वर्ष ०८०/०८१ मा सप्पन्न भएका योजना तथा कार्यसम्पादनको सार्वजनिक सुनुवाई गरेको छ ।

 

बुधवार वडा कार्यालयमा आयोजनामा भएको कार्यक्रममा वडाको वार्षिक रुपमा सप्पन्न भएका योजना, कार्य सम्पादन र सेवा प्रवाहको विषयमा छलफल तथा बहस भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष दलराज पुनले जनताको समस्या, सुझाब लिनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले प्राप्त सुझाबलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार जुमान सिंह केसी र सुजल श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय