
काठमाडौं । नेकपा एमाले प्यूठानका पूर्व अध्यक्ष हरि रिजाल पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्यमा मनोनीत हुनुभएको छ । बिहीबार सम्पन्न सचिवालय बैठकले पुराना नेताबाट रिजाललाई मनोनीत गरेको हो ।
त्यसैगरी पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्यमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (स्याङ्जा), पीएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा.गोपाल खनाल (नवलपुर), खालित हुसेन हक (सुनसरी) मनोनीत हुनुभएको छ । उहाँहरू पार्टी प्रवेश प्रक्रियाबाट सल्लाहकार परिषद्मा आउनुभएको हो ।
पुराना नेताहरूबाट हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (वाग्मती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी), सुवासचन्द्र ठकुरी (मकवानपुर), शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया), हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्दकेशर ढकाल (रुपन्देही), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरि सुवेदी (काभ्रे) र सरस्वती पाटी (भक्तपुर) लाई सल्लाहकार परिषद सदस्यमा मनोनीत गरेको हो ।