मित्र थापा
गौमुखी । आफ्नो हक र अधिकार सुनिश्चित गर्न सर्वप्रथम सम्पुर्ण आदिवासीहरु एक हुन आवश्यक रहेकाे प्राध्यापक डाक्टर भाेजविक्रम बुढामगरले बताउनु भएकाे छ । गौमुखी गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले जनजाति उत्थान हुन शिक्षा महत्वपुर्ण रहेकाे बताउनुभयो ।


गाउँपालिका उपाध्यक्ष महाविर रानाले आदिवासी जनजातिलाई हरेक कुरामा अगाडि बढाउन निकै चुनाैति रहेकाे बताउनुभयो । उहाँले आदिवासी जनजातिहरुसंग शीप र संस्कृति प्रचुर रहेको भन्दै त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।


“स्वेच्छिक रुपमा राज्यबाट अलग र प्रारिम्भक सम्पर्कमा रहेका  आदिवासी जनजातिकाे अधिकारकाे संरक्षण ” भन्ने मुल नारा सहित गौमुखी गाउँपालिकामा ३० औं विश्व आदिवासी दिवस तथा आदिवासी जनजाति सवाल र समस्या विषयक अन्तरक्रिया कार्यक्रम  गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ गाैमुखी गाउँपालिका समन्वय परिषद् प्यूठानकाे आयाेजनामा गाैमुखी गाउँपालिकाकाे समन्वयमा गाैमुखी सभाहलमा कार्यक्रम भएकाे हाे । कार्यक्रममा विभिन्न राजनैतिक दल तथा संघसंस्था प्रतिनिधको सहभागिता रहेकाे थियाे । गौमुखीमा थकालि, मगर, गुरुङ, तामाङ र कुमाल जातिहरुको वसाेवास रहेकाे छ।

महासंघ अध्यक्ष लिलामणि थापाकाे अध्यक्षता तथा प्रा. डा.भाेजविक्रम बुढाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमकाे संचालन चन्द्र बहादुर कुमालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय