प्यूठान । नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा हेल्प नेपालको सहयोगमा बालतपस्वी वेदविद्यालय गुरुकुलमा अध्यानरत विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रम परिसर भित्र रहेको विद्यालयमा अध्यानरत १५ जना बटुक विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।

नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताउनुभयो । शैक्षिक सामग्री (कापी-४, चित्रकला कापी-१, सिसाकलम-१ प्याकेट, कलर सिसाकलम-१ प्याकेट, साबुन-१ तुथपेष्ट-१, काईयो-१, नङ्कटर-१ र पानी खाने बोतल-१ गरी जम्मा-१२ वटा) समेटिएको स्कुल ब्याग वितरण गरिएको छ ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्मा, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्‍वर थापा, जिल्ला सरकारी वकील कार्यालय प्यूठानका सहायक जिल्ला न्यायधिवक्ता मदन शर्मा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय