प्यूठान । स्वर्गद्धारी आश्रम परिसरमा वृक्षारोपण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा शनिबार बिहान नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवको अवसरमा स्वर्गद्धारी नगरपालिका-२, स्थित पबित्र तिर्थ स्थल स्वर्गद्धारी आश्रम परिसर भित्र रहेको जङ्गलमा विभिन्न जातका बिरुवा रोपिएको हो ।
स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रम परिसर भित्र रहेको जङ्गलको खाली स्थानमा वेलपत्र, अमला, लाकुरी, टिमुर, बकाईनो र दालचिनीको बिरुवा लगाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।
शुक्रबार स्वर्गद्धारी आश्रममा अध्यनरत १५ जना बटुकहरुलाई शैक्षिक सामग्री वितरण गरिएको र कार्यक्रमकै अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उहाँले वृक्षारोपण कार्यक्रमले मन्दिर परिसरमा सौर्न्दर्यका साथै हरियाली तथा स्वस्थ बाताबरण बनाउन सहयोग पुग्ने बिश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्मा, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापा, स्वर्गद्धारी आश्रमका गुरु रामचन्द्र अधिकारी, प्रहरी कर्मचारीहरु लगायत स्थानियको उपस्थिति थियो ।