प्यूठान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा आज देशभर विविध कार्यक्रम गरि मनाईदै छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)
जिल्ला शाखा प्यूठानले बिहान रक्तदान कार्यक्रम गरिएको छ । ३ जना पत्रकारले रक्तदान गरेको जिल्ला अध्यक्ष सुजल श्रेष्ठले जानकारी दिनुभयो ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजालले शुभकामना दिदै फोनिजले आदिवासी जनजातिको मुद्दालाई उठाउन प्रभावकारी भूमिका खेलेको बताउनुभयो । उहाँले जिल्ला शाखालाई सक्रिय रुपमा अघि बढ्न शुभकामना दिनुभयो । कार्यक्रमको सन्चालन सचिब तेजेन्द्र बि.एम.ले गर्नुभएको थियो ।