प्यूठान । सरुमारानी गाउँपालिका-४ बडडाँडामा रहेको शोभा क्लिनिकमा जिल्ला प्रशासन कार्यालयले प्यूठानले शिल गरेको छ । फार्मेसी दर्ता गरि क्लिनिक समेत सञ्चालन गरेको भेटेपछि
आज अनुमगन टोलीले क्लिनिकमा शिल गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले शोभा फार्मेसी दर्ता भएको तर स्वास्थ्य क्लिनिक समेत चलाएको भेटिएकोले गाउँपालिकाको रोहवरमा शिल गरिएको बताउनुभयो । फार्मेसी सहित ल्याब, एक्सरे लगायत संचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
बजार अनुगमनका क्रममा भेटिएका बिभिन्न म्याद नाघेका, अखाद्य सामाग्री समेत नष्ट गरिएको छ ।