महेश थापा, प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिका-३, खबाङ स्थित गत्लाने भन्ने स्थानमा माथी डाँडाबाट ठूलो सुख्खा पहिराे झरेर खवाङ सानोखाेला थुनिएको छ। नौबहिनी गाउँपालिका वडा नम्बर ३ र ४ को बिच सिमाना भएर बग्ने खवाङ सानो खोलामा गत्लाने स्थित मुलघाट माथिबाट खसेको सुख्खा पहिरोले थुनिएको प्रहरीले जनाएको छ ।
नौबहिनी गाउँपालिका-३, खबाङ स्थित गत्लानेमा पहिरो करिब तीन सय मिटर उचाई र ५० मिटर चौडाईमा रहेको डाँडा नै खोलामा खसेपछी करिब १ घण्टा खोला थुनिएको वडा अध्यक्ष भीम बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले खोलाले आफ्नो आकार लिइसकेकोले ठूलो खतरा टरेको बताउनुभयो । पहिरो ठूलो भएकोले खोलाले पहिरोको माटो र ढुङ्गा खोतल्दै जादा नदिको बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सचेत रहनुपर्ने उहाँले बताउनुभयो ।
उक्त क्षेत्रमा माथीबाट ठूलो पहिरो खसेर खोला थुनिएकोले सडक अवरुद्ध भएको छ । अहिले इलाका प्रहरी कार्यलय बाहानेकाे टाेलि र जनप्रतिनिधि घटना स्थलतर्फ प्रस्थान गरेको छ । नदिको तटीय क्षेत्रका बासिन्दाहरुलाई सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध समेत गरेको छ ।



S.K. Creative Media Group