प्यूठान । सडक डिभिजन कार्यालय प्यूठानले जिल्ला प्रहरी कार्यालय प्यूठानलाई सडक सुरक्षाका सामाग्री प्रदान गरेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आवश्यक पर्ने सामाग्री जिल्ला प्रहरी कार्यालयको अनुरोधमा प्रदान गरिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । ट्राफिक कोन १०३ वटा, सडक ऐना २५ वटा र वाटर ब्यारिएर १५ वटा गरी करिव ६ लाख रुपैयाँ बराबरको सामाग्री रहेका छन ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले उक्त सामाग्री दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । अघिल्लो वर्षको तुलनामा सडक दुर्घटनामा कमी आएको उल्लेख गर्दै सडक सुरक्षाका लागि प्रहरीले महत्त्वपूर्ण काम गर्दै आएको बताउनुभयो ।




S.K. Creative Media Group