प्यूठान । मल्लरानी गाउँपालिका- ५ को कुमिकोटमा वडा स्तरीय तीज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । वडाको आयोजनामा वार्षिक स्वीकृत कार्यक्रम अनु‌सार प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम भुमि बिकास माध्यमिक विद्यालय, दित्तिय आदर्श प्राथमिक विद्यालय, तृतीय शुभकामना आमा समुह र शान्त्वना घैडाँडा आमा समुह भएको मुल्यांकन समितिका संयोजक लोकेन्द्र सुनारले बताउनुभयो । बिजयी समुहलाई प्रथम पुरस्कार ९ हजार रुपियाँ, दित्तिय पुरस्कार ७ हजार रुपियाँ, तृतीय पुरस्कार ५ हजार रुपियाँ र सान्त्वना पुरस्कार २ हजार रुपियाँ र प्रमाण-पत्र प्रदान गरिएको छ ।

तीज गीतमा लैङ्गिक हिंसा न्यूनीकरण तथा महिला सशक्तिकरण सम्बन्धी विषयबस्तु समाबेश भएको थियो । वडा अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा ११ समुहले भाग लिएका थिए । कार्यक्रम संचालन वडा सचिब साधना पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय