सरद बिष्ट
भिंगृ । स्वर्गद्वारी नगरपालिका-८, दहचौरको शान्ति पार्कमा शनिबार शैक्षिक प्रगति मञ्चको छैटौं अधिबेशन तथा २० औ वार्षिक साधारण सभाकाे अवसर पारेर वडा स्तरीय आमा समुहको तिज गित प्रतियोगिता सम्पन्न भएकाे छ ।

हिन्दु नेपाली नारीहरूकाे महान चाड हरितालिका तीजकाे अबसर पारेर उक्त कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

दहचाैरकाे शान्तिपार्कमा सञ्चालन भएकाे तीज गीत प्रतियोगितामा प्रथम स्थान स्वर्गद्वारी आमा समूह , दितिय प्रगतिशील आमा समूह र सकृय आमा समुहकाे टाेली तेस्राे भएकाे छ। प्रथम पुरूस्कारकाे प्रायाेजन डम्बर बहादुर खत्री, दाेस्राे पुरूस्कारकाे प्रायाेजन पदम बहादुर के.सी. र तेस्राे पुरू्कारकाे प्रायाेजन रिखिराम शर्माले गर्नु भएकाे थियाे ।

वडा भित्र रहेका सबै सामुदायिक विधालयमा अध्यनरत २०८० सालमा प्रथम आउने छात्र छात्राहरू लाइ बेलिटाेम स्मृति शौक्षिक प्रतिभा पुरस्कार-२०६६ नगद राशि र प्रमाणपत्रले सम्मान गरेकाे छ। प्रथम आउने विद्यार्थीहरु एसईईमा सन्जिता अधिकारी , कक्षा ८ मा देविराम के. सी. र चन्द्रि घर्ती मगर कक्षा ५ मा सलिना थापा र गंगा महतरा साथै कक्षा ३ मा गिरिराज के.सि. नवीन घर्ती मगर र किस्मत विस्ट रहेका छन ।

साथै शैक्षिक प्रगति मञ्चकाे अधिवेशनले दल ब. के.सी. काे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन र भिम बहादुर खड्काकाे अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति चयन गरेकोे छ ।

स्थानीय भिम बहादुर खड्काकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे अध्यक्षता स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा वडा नम्बर ८ निवासी दल बहादुर के. सी.ले गर्नुभएको थियोे । प्रमुख अतिथि नगर उप-प्रमुख मिनराज राना, विशेष अतिथि शिक्षा शाखा प्रमुख प्रेम बहादुर जि.सि. रहनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु खोप बहादुर राउत, कृष्ण बहादुर रोकाय र गिर बहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो । शाेमनाथ शर्माले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे भने कार्यक्रमकाे सञ्चालन केशवराज खत्रीले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय