प्यूठान । मोहनविक्रम सिंहद्वारा लिखित बहुप्रतिक्षित उपन्यास ‘जलजला’ को सम्पूर्ण काम पूरा भई छापिन थालेको छ । आगामी
मंसिरमा बिमोचन हुने गरी काम अघि बढेको उहाँकी पत्नीसमेत रहनुभएकी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले एक प्रेस नोट जारी गर्दै जानकारी दिनुभएको हो ।

प्रेसनोटमा उक्त उपन्यासको अङ्ग्रेजी संस्करणको अनुवाद भइरहेको स्मरण गर्दै त्यसको हिन्दी संस्करणको योजना रहेको पनि उल्लेख गरिएको छ ।

दुई खण्ड, आठओटा भाग, ७० ओटा परिच्छेद र २७२ अङ्कमा विभाजित सो उपन्यासमा करिब चार लाख ९२ हजारजति शब्द रहेको उहाँले जानकारी दिनुभएको छ ।

उपन्यासको प्रकाशन काठमाडौँको फिनिक्स प्रकाशनले गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय