प्यूठान । आर्थिक वर्ष २०८०/०८१ को स्वास्थ्य तर्फको कार्यसम्पादन मुल्यांकनका आधारमा गौमुखी गाउँपालिका प्रथम भएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा भएको वार्षिक समीक्षामा गौमुखी गाउँपालिका प्रथम भएको हो ।

नौ वटा स्थानीय तह मध्य दोस्रो माण्डवी गाउँपालिका र तेस्रो ऐरावती गाउँपालिका भएका छन ।

त्यसैगरी स्वास्थ्य संस्थामा प्रथम अर्खा स्वास्थ्य चौकि, दोस्रो बरौला स्वास्थ्य चौकी र तेस्रो देबिस्थान स्वास्थ्य चौकी भएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन अधिकृत कोशलराज वैद्यले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयमा दुई दिनसम्म स्वास्थ्यको समीक्षा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय