ओमहरी भट्टराई
योग विश्वव्यापी रूपमा मानवका लागि महान उद्भाव तथा उद्घोषण हो । सफल व्यक्ति तथा सभ्य समाज निर्माणका लागि योग भन्दा विशिष्ट अन्य सङ्कल्पना अपर्याप्त हुन्छ । परिवार, जाति, देश, क्षेत्र, समुदाय, भाषा, धर्म आदिमा पूर्णता खोजिरहेका छन तर पनि दोस्रो व्यक्तिका लागि अराजकता नै उत्पन्न भएको पाइन्छ । यथार्थमा यो सबै खोज वस्तुतः पहिचानको खोज हो, विश्रामको खोज होइन । विश्वमा धर्म, देश, जाति आदिलाई लोभ्याउनका लागि विभिन्न नाराहरू लिएर सम्पूर्ण सङ्घर्ष आफ्नो मूलमा स्वार्थ, भ्रामक र वर्चस्व राख्न चाहन्छन । प्रायः यसबाट धर्म युद्ध, न्याय युद्ध, अस्मिताको लडाइँ लड्ने भनेर जनताको सर्मथन जुटाउँदथे । के सामाजिक एकताका लागि कुनै अरू पद्धति हामीसँग छैन ? के यस्तो हुन सक्दैन, जसमा दुनियाँका सबै व्यक्ति चल्न सकुन्, जसबाट कुनै पनि व्यक्ति वा देशको एकता तथा अखण्डता खण्डित नहोस्, जसलाई संसारका सबै व्यक्तिले अपनाउन सकुन् र जीवनमा पूर्ण सुख, शान्ति र आनन्द प्राप्त गर्न सकुन्, एउटा यस्तो पथ वा बाटो, जसमा निर्भय भएर पूर्ण स्वतन्त्रताका साथ संसारका सबै व्यक्तिहरू चल्न सकुन् र जीवनमा पूर्ण सुख, शान्ति र आनन्द प्राप्त गर्न सकुन्, शान्ति स्थापनाका लागि धेरै मानिसहरूले एकाग्र भएर सोचिरहेका छन् । के त्यो हुन सक्दैन ? के त्यस्तो बाटो छैन, जसमा संसारका सबै व्यक्ति चल्न सक्दछन् ? त्यो बाटो के हुन सक्दछ ? यसको सरल उत्तर हो–महर्षि पतञ्जलिद्वारा प्रतिपादन गरिएको अष्टाङ्ग योगको बाटो । यसमा कुनै जाति, धर्म, विचार वा समुदायका लागि नभएर यो सबैका लागि जीवन जिउने सम्पूर्ण पद्धति हो । संसारका सबै मानिसहरू यही कुरालाई लिएर गम्भीर छन् कि विश्वमा शान्ति स्थापना हुनु पर्दछ भने त्यसको एकमात्र समाधान ‘अष्टाङ्ग योग’को पालनबाट हुने मानिन्छ ।
यस संसारमा रक्तपात् युद्ध यदि कुनै उपायबाट रोकिन सक्दछ भने त्यो ‘अष्टाङ्ग योग’ नै हो । ‘अष्टाङ्ग योग’मा जीवनका सामान्य व्यवहारदेखि लिएर ध्यान तथा समाधि सहित अध्यात्मको उच्चतम अवस्था समावेश गरिएको पाइन्छ । जुनसुकै व्यक्ति आफ्नो अस्तित्वको खोजमा लागिरहेका छन् तथा जीवनको पूर्ण सत्यसँग परिचित हुन चाहन्छन् भने उनीहरूले अष्टाङ्ग योगलाई अवश्य नै पालना गर्नुपर्दछ । निश्चय रूपमा योग Þनै संसारका समस्त व्यावहारिक तथा परमार्थ उद्देश्य प्राप्तिको सहज, सुलभ र अत्यधिक प्रभावकारी उपाय हो ।
योग मनुष्यभित्र सुप्त रहेको अन्तर्दृष्टिलाई प्रवद्र्धन एवम् आन्दोलित बनाउँदछ । अन्तर्दृष्टि नभएको व्यक्ति विकास र विश्रामसम्म प्रकाशमान बाटो जोड्ने अपेक्षा विलास तथा विनाससम्म लोभ र कष्टपूर्ण बाटोमा लाग्दछ । योग दुराग्रह, सनक, व्यभिचार, मिथ्याचार र अहं भावले ग्रसित बुद्धि जुन केवल आफ्ना लागि मात्र नभएर सम्पूर्ण मानव समाजका लागि परेका सङ्कटलाई जगाइदिन्छ र दिव्यतालाई संपुरित बनाइदिन्छ । योगको स्पर्शले बुद्धिलाई पर्वतदेखि लिएर दृढ र समुन्द्रदेखि लिएर गम्भीर बनाइदिन्छ । तनावको क्षणमा योग सहचार्य शान्ति दिने खालको हुन्छ । योगले भ्रमको चित्तलाई चिरेर दिव्य प्राप्तिका लागि सहयोग गर्दछ । संसारमा यस्तो इतिहास छ योगानुष्ठानद्वारा आत्मदर्शी बनेका महान आत्माहरू, जसले समाजमा विद्यमान रहेका इष्र्या, द्वेष आदि प्रवृत्ति, सुख–दुःख आदि द्वन्द्वलाई भगाएर पृथ्वीमा शान्ति स्थापना गरेका छन ।
संसारमा केवल साहित्यिक, दार्शनिक, वैज्ञानिक, धार्मिक तथा आध्यात्मिक स्तरमा जतिपनि सार तत्त्वको आविष्कार छ, त्यो सबै एकाग्रचित्त साधकको निरन्तर एकान्ततप, साधना, सङ्कल्पबाट प्राप्त भएको पाइन्छ । आध्यात्मिक रहस्य तथ्यलाई जान्नका लागि जुन उच्चस्तरीय चेतना तथा एकाग्रताको आवश्यकता पर्दछ, भौतिक रहस्य तथा नियमलाई जानेर वैज्ञानिक आविष्कारले संसारमा रोसनी फैलाउन वैज्ञानिकको चेतना तथा एकाग्र स्तर त्यो भन्दा कम छैन । मन्त्रको अर्थका साथ आध्यात्मिक तत्त्वको साक्षात्कार गरेर आविष्कार गर्ने विज्ञानका ऋषि नै हुन । योगजन्य चेतना तथा एकाग्रताबाट परिष्कृत बुद्धिले युक्त मनुष्यले जे पनि गर्दछ त्यो सबै तथ्यात्मक जीवनका लागि अत्यधिक सजग तथा प्रयासरत रहन्छ । मनीषीहरूले यस्ता व्यक्तिलाई व्रmान्तिदर्शी भन्दछन् ।
विभिन्न साहित्यग्रन्थहरू, जस्तै–ब्राह्मण ग्रन्थ, आरण्यक, उपनिषद्, चिकित्सा, ज्योतिष आदिशास्त्रहरू योगबाट उत्पन्न विवेक बुद्धिका प्रतिफल हुन । यी शास्त्रमा उपलब्ध जड–चेतन, लोक–परलोक, स्वर्ग–नरक, पाप–पुण्य, कर्म–अकर्म आदि वास्तविकता विवेक बुद्धिका कारण प्राप्त भएका हुन । व्यष्टिको अपेक्षा समष्टि, अहमको अपेक्षा सम्यमलाई सम्मान र अधिमान दिनेवाला यो सबै विवेक बुद्धि योगको महानतम प्रसाद हुन । यी सबै कुराबाट परिचित हुनाले समस्त मानसिक तथा आत्मीयतापहरू समन हुन जान्छन् । निश्चित रूपमा वैदिकविद्या वादविवादबाट रहित छन । योग कला र विज्ञान हो, जसले साधनाको अभावमा पनि समस्त सुखको सुनिश्चितता गर्दछ ।