प्यूठान । नौबहिनी गाउँपालिकाको चार वटा वडामा हजारौं मुल्यपर्ने म्याद सकिएका सामान भेटिएका छन । पालिकाले गरेको अनुगमनमा ३, ४, ७ र ८ ननम्बर वडाबाट करिब ८४ हजार ३ सय ८१ रुपियाँ बराबरको म्याद गुज्रिएको सामान फेला परेको हो ।

गाउँपालिकाले ईलाका प्रहरी कार्यालय बाहाने, उद्योग वाणिज्य संघ बाहाने बजार इलाका लगायतका रोहबरमा सामान नष्ट गरेको छ ।

अनुगमनका क्रममा दर्ता तथा नवीकरण नभएका पसललाई दर्ता तथा नवीकरण गरि वैधानिक रुपमा व्यवसाय गर्न समेत सुझाउनुका साथै अधिकांस पसलहरूमा मूल्य सूची नराखेको, कसैको दर्ता तथा कसैको नवीकरण नभएको, एउटा प्रकृतिको व्यवसाय दर्ता गरी विभिन्न सामान बिक्री हुँदै आएको पाइएकाले समेत पालिकाले कडाइका साथ अनुगमन गरि प्रक्रियागत ढंगले व्यवसाय गर्न निर्देशन दिएको छ ।

व्यवसायी र उपभोक्ता मर्कामा नपर्नका लागि प्रयोगयोग्य म्याद हेरेर मात्र सामान खरिद गर्न उपभोक्तालाई समेत गाउँपालिकाले सचेत गराएको छ । अनुगमन समितिले प्रचलित दररेटमा बिक्री भए नभएको, होटलहरूले न्यूनतम व्यावसायिक मापदण्डको पालना गरे नगरेको र अन्य प्रकृतिका व्यवसायलाई थप व्यवस्थित गर्न समेत अनुगमन गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय