प्यूठान । भालुवाङ-प्यूठान सडकको सरुमारानी गाउँपालिकाको बड्डाडा नजिक पानी टंकीखोलामा मालबाहक ट्रकको सेलेपमा खराबी आएपछि सडक अवरुद्ध भएको छ । बुधबार बिहान भालुवाङबाट प्यूठान जाँदै गरेको रा १ ख ९०३ नम्बरको ट्रकको सेलेपले काम नगरेपछि सडकमै रोकिएर सडक अवरुद्ध भएको हो ।
सडकको बिच भागमा बिग्रीएको ट्रकले ठुला गाडिलाई आउजाउमा समस्या परेको छ । बिहान ६ बजेबाट सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा प्यूठान रोल्पाबाट बाहिरिने र भित्रीने ठुला यातायातका साधन सडकमै अलपत्र परेका छन् । सडक जाम हुँदा गन्तव्यमा हिडेका सयौं यात्रु बाटोमै अलपत्र परेका छन् ।



S.K. Creative Media Group