प्यूठान । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा ऐरावती गाउँपालिका वडा नम्बर ५ सिन्दुरेडाँडा स्थित सामुदायिक भवनको परिसरमा “अल्पसंख्यकसँग प्रहरी, वृक्षरोपण कार्यक्रम” गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले गन्धर्व समुदाय कला सस्कृतिको धनी भएता पनि लोपोन्मुख हुँदै गएको र यसलाई लोप हुनबाट बचाउन विभिन्न विकासका कार्यक्रमहरु संचालन गरिनु पर्ने बताउनुभयो ।यसका साथै गन्धर्व समुदायको मौलिक बाजा सारङ्गिको संरक्षण, पुस्ता हस्तान्तरण र आर्थिक उपार्जनका लागि गिठ्ठीको बिरुवा बृरक्षा रोपण कार्यक्रम गरिएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।


त्यसैगरी प्रहरी नायव उपरीक्षक ईश्‍वर थापाले गन्धर्व अल्पसंख्यकको समस्या पहिचान तथा सामाधान र अपराध न्यूनिकरणका साथै गन्धर्वहरुको सिपलाई उजागर गर्नु, परम्परा, कला, सस्कृतिको जगेर्ना गर्नु र सिप विकास मार्फत मनोसामाजिक स्वस्थ्य प्रवर्धन गर्न सांकेतिक रुपमा कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले यसलाई स्थानीयले नै निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

गन्धर्व समाजका सचिव अर्जुन गन्धर्वले अभिभाबकिय भुमिका निर्वाह गरेकोमा जिल्ला प्रहरी कार्यालय प्यूठानलाई विशेष धन्यवाद ब्यक्त गर्नुका साथै यसको संरक्षणमा प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय