प्यूठान । प्युठान उद्योग वाणिज्य संघले जिल्लामा रहेका ब्यबसायीको कर दाखिला गर्न सहजीकरण थालेको छ । तीस लाख रुपियाँभन्दा कम कारोबार गर्ने साना ब्यबसायीलाई मध्यनजर गरेर सहजीकरण थालिएको संघले जनाएको छ ।
संघमा आबद्ध ब्यबसायी सदस्यको सुबिधाका लागि आइतबारदेखि घुम्ती शिबिर संचालन गरिएको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो । “करदाता सेवा कार्यालयसंग समन्वय गरेर सदस्यको सुबिधाका लागि शिबिर संचालन गरिएको हो,” उहाँले भन्नुभयो,”सबै बजार क्षेत्रहरुमा जादैछौं ।” शिबिरमा करचुक्ता प्रमाणपत्र र रसिद समेत दिने गरिएको उहाँले बताउनुभयो ।
संघले शिबिरमा सदस्यता नवीकरण समेत गर्ने गरेको छ । सदस्य नवीकरण छुट भएकाको समेत बिलम्ब शुल्क नलिएर सदस्यता नवीकरण गरिने प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यले बताउनुभयो ।