प्यूठान । झिमरुक गाउँपालिकाबाट सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहिलाई पालिकाले बिदाई गरेको छ । गृह मन्त्रालयमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई एक कार्यक्रम गरि बिदाइ गरिएको हो ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, वडा अध्यक्ष लगायत जनप्रतिनिधि सहित कर्मचारीहरूले शाहिलाई खादा, माला, अबिर र मायाको चिनो दिएर बिदाइ गर्नुभएको हो । शाही झिमरुक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा एक वर्ष बढी रहनुभयो ।
बिदाइ कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले परिणाममुखी काम गर्न जनप्रतिनिधि कर्मचारीको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
उपाध्यक्ष पोख्रेलले जनप्रतिनिधि र कर्मचारी बिच कुशलताका साथ समन्वयकारी भुमिका निर्वाह गर्दै पालिकाको चौतर्फी बिकासमा राम्रो काम भएको बताउनुभयो ।
बिदाइ लिदै प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले कर्मचारीले राज्यले दिएको जिम्मेवारी कानुनको परिधिभित्र रहेर गरे कुनै समस्या नहुने बताउनुभयो ।
झिमरुक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयबाट शाखा अधिकृत कृष्ण थापा आउनुहुने भएको छ । कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष सिताराम पोख्रेल, कर्मचारीको तर्फबाट यामलाल पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो । शिक्षा शाखा प्रमुख मोहन बिसीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।






S.K. Creative Media Group