प्यूठान । माण्डबी गाउँपालिका-२ मर्कावाङमा रुखले च्यापेर एक जनाको ज्यान गएको छ । स्थानीय दुर्गा बहादुर बि.क.को घरमा रुख ढलेर च्याप्दा उहाँको छोरा १६ वर्षीय विशाल बि.क.को ज्यान गएको प्रहरीले जनाएको छ ।

टिनले छाएको कच्ची घर नजिक रहेको रुख अविरल वर्षाका कारण ढली घरमाथि पर्न जादाँ घर भित्र सुति रहेका बिशालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार प्यूठान पठाईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय