बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा तीन मन्त्री थप्नुभएको छ । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका हुन् । त्यस्तै जसपा (राई) पक्षबाट बाँकेका आदेश अग्रवाल मन्त्री बन्नुभएको छ ।
तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय, कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । शपथ बिहीबारका लागि तयारी गरिएको छ ।
मन्त्रीहरू थपिएको इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको भोलि बिहान शपथग्रहणको तयारी भएको बताउनुभयो ।



S.K. Creative Media Group