काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आज (आइतबार) आयोगले विज्ञापन आह्वान गरेको हो ।
शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको लागि माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान को हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आज आइतबार पुस ८ गते देखि अनलाइन दरखास्त दरखास्त दिन गर्न सक्ने ब्यवस्था गरेको आयोगले जनाएको छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।
त्यसको लागि इच्छुक उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरण भरी दरखास्त पेश गर्नुपर्ने हुन्छ।