प्युठान । नेपाल दशनामी समाज, जिल्ला कार्यसमिति प्युठानको बैठक सम्पन्न भएको छ । शनिबार प्युठान नगरपालिका-८, बाग्दुला स्थित हेलो बेकरी एण्ड फास्टफुट सेन्टरको सभाहलमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो।
बैठकले जिल्लामा दशानामीहरुको तथ्यांक तयार गर्ने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण गर्ने निर्णय भएको नेपाल दशनामी समाज प्युठानका अध्यक्ष केशब गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका दशनामीहरुको तथ्यांक संकलनको लागि क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको छ ।
विभिन्न बस्तिहरुबाट संकलन गरी तयार गरिएको तथ्यांक पुस मसान्तसम्म जिल्ला कार्यसमितिको कार्यालयमा बुझाउने गरि निर्णय भएको गिरीले बताउनुभयो । रोल्पा प्युठानको समन्वय बैठक बस्ने समेत छलफल भएको उहाँको भनाइ छ ।
जिल्लामा दशनामीहरुको बाहुल्यता देखिएपनी खास तथ्यांक एकिन नहुदा यो कार्य अगाडि बढाइएको हो । आफ्नो जातिय पहिचान, अस्तित्व जोगाउन एकताबद्ध भएर अगाडि बढ्नुपर्ने र छरिएर रहेका दशनामीहरुलाई एकताबद्ध गर्दै जातिय पहिचान ऋतिरिवाज, परम्परा, कला र संस्कृतीलाई जगेर्ना गर्दै सहकार्य र समाज रुपान्तरणमा अगाडि बढ्नुपर्ने विषयमा छलफल भएको कोषाध्यक्ष गंगा गिरीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group