प्यूठान । झिमरुक गाउँपालिका–५, स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हिरापोखरीको ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्राङगणमा सोमबार एक औपचारीक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथी महतरा क्षेत्रीले विद्यालयमा देखिएको नतिजा र अन्य क्रियाकलापमा देखिएको सकारात्मक कार्यको प्रशंसा गर्नुभयो । बिद्यालयको गुणस्तरीय सुधार र चौतर्फी बिकासको लागि शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको सहकार्य हुनुपर्ने बताउनुभयो । भौतिक विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्दै आएको र बाकी रहेको काम क्रमश पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको बिशेष अतिथी वडा अध्यक्ष दधिराम पोख्रेलको रहेको थियो भने, कार्यक्रममा स्वागत शिक्षक राम बहादुर जिसीले गर्नुभएको थियो ।
बिद्यालयको वार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन प्रधानाध्यापक यशोदा खड्काले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन शिक्षक खिम बहादुर खड्का र राम बहादुर जिसीले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, छिमेकी बिद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, चन्दादाता, विद्यार्थी लगायतको उपस्थिती थियो ।
कार्यक्रममा बिद्यालयमा उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्न सफल शिक्षक, शिक्षिका नगद सहित सम्मानपत्र प्रदान गरिएको छ थियो। त्यस्तै विभिन्न बिधाका अतिरिक्त क्रियाकलाप पहिलो, दोस्रो र तेर्स्रो हुने विद्यार्थीलाई पुरस्कर वितरण गरिएको छ । कार्यक्रममा मनोरञ्जन प्रदान गर्न विद्यार्थीहरुले गित, नृत्य समेत प्रस्तुत गरेका थिए ।



S.K. Creative Media Group