प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । मंगलबार पालिकाको सभा हलमा एक कार्यक्रमका बिच पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले व्यान बाचन गरेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै महतरा क्षेत्रीले बढ्ने र शिक्षा पाउने अधिकार बालबालिकाको नैसर्गिक अधिकार भएकोले यो अधिकारबाट कोहि पनि बालबालिका छुट्नु नहुने बताउनुभयो । उहाँले आपुरण रहेको पठनपाठन पुर्ण बनाउन यो कार्यक्रम थप सहयोगी र फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष प्रमोद पोख्रेलले विद्यार्थीहरुको चाहाना अनुसार शिक्षक सिकाइ उपलब्धि हासिल गर्न यो कार्यक्रम फलदायी हुने बताउनुभयो । शिक्षक सिकाइमा आवश्यक पर्ने सामग्री र विषयबस्तु बारे थप ज्ञान हासिल हुने र शैक्षिक गुणस्तर वृद्धिको लागि अर्थ राख्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख दुर्गा बहादुर खड्का, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक, शिक्षिका, शाखा प्रमुख कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विकास केसीको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने कार्यक्रमको सहजीकरण शिकहा शाखा प्रमुख पुष्प रानाले गर्नुभएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख दुर्गा बहादुर खड्काले अभिमुखीकरणमा विषयबस्तु बारे प्रस्तुतिकरण दिनुभएको थियो ।

कार्यक्रमले पालिकाको शैक्षिक गुणस्तर थप टेवा पुग्ने विश्वास गरिएको छ । यो कार्यक्रमको कार्यान्वयन पक्ष भनेको बिद्यालय र बिद्यालय शिक्षक, शिक्षिका रहेकोले उहाँहरु जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएको छ ।

चालु शैक्षिकसत्रमा करिब ७ हजार बढी विद्यार्थी पालिकाभरका सामुदायिक तथा संस्थागत बिद्यालय अध्यायनर रहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय