
पाल्पा । पाल्पामा भएको दुखद जिप दुर्घटनामा परि ज्यान गुमाएका परिवारको शोकमा तिनाउ गाउँपालिकाले पालिकाभर शोक बिदा दिएको छ । बुधबार पालिकाभरका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिने निर्णय गरेको गाउँ पालिकाले जनाएको हो ।
त्यस्तै पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैंयाको दरले राहत दिने भएको छ ।
गाउँकार्यपालिकाको बैठकले मृत्यु हुने तिनाउ गाउँपालिका भित्रका पाँच जनाको परिवारलाई ३५ हजार रुपैंयाको दरले राहत दिने निर्णय गरेको हो ।
उक्त दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य १६ जना घाइतेको उपचार जारी छ।
कच्ची उकालो सडकमा क्षमता भन्दा दोब्बर यात्रु बोक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।